ललितपुरमा कोरोनाबाट एक जनाको मृ’त्यु, नेपालमा मृ’त्यु हुनेको संख्या ५ पुग्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ जेठ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५ पुगेको छ । कोरोनाबाट मृत्यु भएका ५६ बर्षका पुरुष जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए ।

उनको कोरोनाको संक्रमणबाट बुधबार मृ’त्यु भएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी गराएका छन् । उनको मृत्यु भएको केहि समयमा टेकुबाट आएको रिपोर्टमा कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि भएको जनाइएको छ । मृत्यु भएका पुरुषको शव अहिले शवगृहमा राखिएको जनाइएको छ ।सांसद पम्फा भुसालले पनि कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु भएको बारे सामाजिक सञ्जालमा लेखेकी छिन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।