इटहरीका औषधि व्यवसायीको शंकास्पद मृ’त्यु, श्रीमतीसहित ३ जना पक्राउ

रामेछाप खबर संवाददाता

इटहरी,४ जेठ ।

इटहरीका एक व्यक्तिको शंकास्पद मृ’त्यु भएको छ । इटहरी १२ खनारका ३३ बर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृ’त्यु भएको हो ।

उनी विराटनगरमा औषधीको डिलर सञ्चालन गदै आएका थिए । विराटनगर महानगरपालिका १० मधुमाराको देवी माँ पाथीभरा फर्मका संञ्चालक दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएपछि अर्का औषधी व्यवसायी धनबहादुर काफ्ले, श्रीमती मीना श्रेष्ठ दुलाल र हरिमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।