२ जनामा कोरोना पुष्टि भएपछि भक्तपुरमा घरबाहिर निस्कन प्रतिबन्ध

रामेछाप खबर संवाददाता

जेठ,१ भक्तपुर ।

भक्तपुरमा २ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको हो ।

बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कोरोनाको भाइरसको संक्रमण समुदायस्तरमा पुग्न सक्ने भन्दै सतर्कता अपनाइएको उनले जानकारी दिइन् । यस्तै भक्तपुर प्रशासनले जारी गरेका यसअघिका सबै पास पनि रद्द गरिएको उनले जानकारी दिएकी छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।