भगवानको दर्शन गरि आज २० फागुन २०७६ मंगलवारको राशिफल हेर्नुहोस !

रामेछाप खबर संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नविन कार्यको थालनी हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ।आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ। स्फूर्ति बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धार्मिक कार्य हुनेछन्। व्यावसायिक निर्यात बढ्नेछ। बोलीको प्रभाव पर्नेछ। आत्मविश्वास बढ्नेछ। विद्या प्राप्ति हुनेछ। प्रतिष्ठा वृद्धि हुनेछ। निर्णायक क्षमता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। यात्रामा लाभ हुनेछ। मनमा दुविधा बढनेछ।