गुडिरहेको बसले बिजुलीको तार छुँदा ६ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ ,२६ माघ ।

भारतको ओडिसाको गंजाम जिल्लास्थित गोलन्तारामा एउटा गुडिरहेको बसले बिजुलीको तारले छुँदा बसमा आगलागी भएको छ । बसले बिजुलीको तार छुँदा ६ जनाको मृत्यु भएको भारतीय अनलाइन सस्करण आजतकले जनाएको छ ।

घटनामा ४० जना भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जंगलपाडुबाट चिकरादा जाँदै गरेको बसमा ११ किलो वाटको बिजुलीको तारमा छोइएको थियो । जसका कारण बसमा आगलागी भएको थियो ।

आइतबार एउटा गाउँमा बिहेको तयारीमा जान लागेका यात्रुहरु बोकेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै स्थानीयहरु बसमा पुगेर भित्र रहेका यात्रुहरुको उद्धार गरेका थिए ।

नजिक रहेको प्रहरी र दमकलले तत्कालै काम सुरु गरेपछि ठूलो क्षति हुन नपाएको अधिकारीहरुले जनाएका छन् ।

बसमा बिजुलीको तार छोइएको थाहा पाउनासाथ विद्युत कार्यालयले विद्युत प्रसारण काटिदिएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।