यो साता अति शुभ छ यी ८ राशिको भाग्य, हेर्नुहोस् राप्ताहिक राशिफल

रामेछाप खबर संवाददाता

मेष :

रोजगारीका नयाँ क्षेत्रहरू पहिचान गरी लाभ लिन सकिनेछ । ह्दयस्पर्शीसँग धार्मिक क्षेत्रमा यात्रा गर्ने साइत जुरेको छ । तालिम, प्रतियोगिताजस्ता अवसरमा सहभागी भई परिणाम हात पार्न सफल भइनेछ । सामाजिक क्षेत्रका लगानीले विदेश भ्रमणको अवसर मिल्नेछ । मेहनत गरी प्रारम्भ गरिएका कार्यले सही मार्ग लिनेछ । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।

वृष :

विदेशी अवसरलाई सार्थक बनाउन थप मेहनत गर्नुपर्ला । पूर्वअग्रज व्यक्तिहरूसँग ज्ञान हासिल गरी मार्ग पहिल्याउन सकिनेछ । नीलो पहिरनले सोचेको परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । प्रगतिउन्मुख व्यवसायबाट मुनाफा भई सवारी साधन खरिद गर्ने योजना बन्न सक्छ, ढिलो नगरी निर्णय गर्नुहोला ।

मिथुन :

रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । कम लगानीले सुरु गरेका व्यवसायमा मुनाफा हात लाग्नेछैन । साझेदारीबाट थालिएका कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरका ढोका खोल्नेछ । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनेछ । पारिवारिक किचलोमा टाढा रहनु उपयुक्त हुनेछ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला ।

कर्कट :

नौला स्थानको उत्साहित यात्रामा प्रेमिकाले खर्च बेहोर्दा अविस्मरणीय क्षण बन्नेछ । विभिन्न सभा–सेमिनार, प्रतियोगिताहरूमा भाग लिने अवसर मिल्नेछन् । शारीरिक कमजोरी तथा आलस्यताले महत्त्वपूर्ण कार्य छुट्न सक्छ, उचित व्यवस्थापन गर्नुहोला । साताको अन्त्यमा पारिवारिक किचलोले सताउनेछ ।

सिंह :

सुधारोन्मुख मित्रताको विश्वासमा पुन: तुसारापात लाग्न सक्छ, हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । कुरा काट्नेहरू तपाईंको कमजोरी पहिल्याउन सलबलाउँदै षड्यन्त्रको घेरामा पार्न खोज्दैछन् । स्वाभिमानले परास्त गर्न सक्नुहुनेछ । साथीहरूसँग मनोरञ्जन तथा रसपान गर्दा अधिक खर्चसमेत बेहोर्नुपर्ला । सुन्तला रंगको पहिरनले सजिएमा चुनौतीबाट मुक्त हुन कठिनाइ हुनेछैन ।

कन्या :

राम्रा अवसर र शुभ समाचारले साता अनुकूल बित्नेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ । संयमताका साथ निर्णय गर्नु उचित हुुनेछ । राजनीतिक क्षेत्रको वातावरणले मन परिवर्तन भई महत्त्वपूर्ण सभा–सम्मेलन, भेटघाटजस्ता कार्यमा लाग्ने अवसर मिल्नेछ । स–सना झमेला भने आइलागिरहनेछन् ।

तुला :

पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिदमा खर्च गर्नुपर्ने हुन्छ । लामो दूरीको यात्रामा खर्चले पिरोल्नेछ । परोपकार धार्मिक क्षेत्रमा आकर्षित हुँदै प्रतिष्ठित कार्य गरिनेछ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । सेतो रंग आत्मसात् गर्नाले गाँठो फुकाउन सहज हुनेछ ।

वृश्चिक :

सिर्जनात्मक कार्यले जीवनसंगीसित रहेको वैचारिक मतभिन्नता समाप्त हुनेछ । लामो समयदेखि अधुरै रहेको मनोरञ्जन तथा विलासीपूर्ण चाहना पूरा हुनेछ । बोलीको मधुरताले विशिष्ट व्यक्तिबाट पुरस्कृत तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सक्नुहुनेछ । घरायसी व्यवहारमा संलग्न नभएमा नै उपयुक्त हुनेछ ।

धनु :

पुण्य आर्जन गर्न धार्मिक स्थलमा परोपकारी कार्य गरिनेछ । ढिलो गरी थालिएका कार्यले अपजसको सामना गर्नुपर्ला । गोपनियता भंग भई प्रतिष्ठामा दक्खल पुग्न सक्छ, सचेत हुनुहोला । आलस्यपन तथा विलासीपनबाट टाढा रहनु नै उचित हुन्छ । आर्थिक कारोबारको विवादमा अभिभावकको सुझाव नै उचित हुनेछ । व्रतालुले चिसोबाट सावधानी रहनुहोला ।

मकर :

मनोरञ्जन, भेटघाट तथा भ्रमणले साता बित्नेछ । लामो समयदेखि रोकिएका कार्यको गाँठो फुक्नेछ । आकस्मिक निमन्त्रणामा सहभागी हुँदा प्रेमिकाले नयाँ चाहना राख्न सक्छिन्, ढिलासुस्ती नगर्नु नै बेस हुन्छ । आफ्ना कमजोरीपनले पछिसम्म सताउला । आर्थिक लगानी गर्ने अवसर जुट्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

कुम्भ :

सरकारी क्षेत्रको सम्मान र पदोन्नतिले उत्साह थप गर्नेछ । दत्तचित्त भई लक्ष्यप्राप्ति गर्न सक्नुहुनेछ । सोचेजस्तो सफलता प्राप्त भई विदेश जाने अवसर हात पर्न सक्छ । सामाजिक नेतृत्व वहन गर्न सक्नुहुनेछ । अभिभावकले तपार्इंको भावनालाई बेवास्ता गर्दा खट्पट पर्न सक्छ । सुनौलो रंग आत्मासात् गर्नाले उचाइमा पुगिनेछ ।

मीन :

शुभ समाचार प्राप्त हुनाले उत्साह थपिनेछ । बिना पूर्वयोजना गरिएको नयाँ स्थानको भ्रमणमा प्रेमिकाले घुक्र्याउँदा निराश हुनुपर्नेछ । सामाजिक सभा–सम्मेलनमा भाग लिँदा समयको उचित ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफ्नो फाइदा नै पुग्नेछ । उपहारसहित भेट्न आउनेले गहकिलो जिम्मेवारी दिलाउनेछन् । खानपिनको गडबडीले स्वास्थ्य पिरोल्न सक्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।