तरुणदलका अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता नेकपामा प्रवेश, कांग्रेसमा हलचल !

रामेछाप खबर संवाददाता

रोल्पा,१९ माघ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गङ्गादेव गाउँपालिका वडा नम्बर ६ राँकमा कमानसिंह खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ ।

कमिटीको सचिवमा नरेन्द्र वली रहेका छन् । नेकपा गङगादेव गाउँ कमिटी अध्यक्ष रोशनकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा (नेकपा) ५ नम्बर प्रदेश कमिटी सदस्य एवम रोल्पा क्षेत्र नम्बर २ का सहइञ्चार्ज बीरबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।

साथै कार्यक्रमका विशिस्ट अतिथिमा नेकपा रोल्पाका जिल्ला सदस्य एवम् गङगादेव गाउँपालिका उपाध्यक्ष रिता घर्ती रहेकी थिइन् । अतिथिहरुमा जिल्ला सदस्य, गाउँ कमिटी सदस्य, स्थानीय नेता र कार्यकर्ताको उपस्थिति रहेकोे थियो । कार्यक्रम प्रमुख अतिथि बीरबहादुर खत्रीले वडा कमिटी घोषणा गरेर नयाँ कमिटीलाई सपथ खुवाएका थिए ।

उनले गाउँपालिकाका जनताको सामाजिक, आर्थिक जीवनस्तर सुधार्ने खालका कार्यक्रम स्थानीय सरकारले ल्याएको र लोकतन्त्रना सबैभन्दा ठूलो जनता भएकोले जनताको सुझावलाई आत्मसात गरेर अघि बढ्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रिता घर्तीले समाजमा हुने विकृति र खराव प्रवृतिलाई नेकपाले सुधार गरेर जानू पर्ने कुरामा जोड दिइन् । साथै उनले सबै नेता कार्यकर्ता इमान्दार भएर जिम्मेवारीको कर्तव्य बोध गर्नु पर्ने बताइन् ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।