राष्ट्रपतिको आदेशमा चीनमा बाइबल जलाउनुका साथै चर्च पनि भत्काइयो

रामेछाप खबर संवाददाता

काठमाडौँ १२, पुस ।

चीनमा धार्मिक गतिविधीमा क’डाइ गरिएको छ। आधिकारिक स्वीकृती नलिने चर्च र नियम पालन नगर्ने पादरीलाई बेला बेला का’रबाही हुँदै आएको छ। यस्ता चर्चलाई ध्व’स्त गर्ने र पादरीलाई नियन्त्रणमा लिने घ’टना चीनमा भइरहन्छन्। चीनले बाइबल ज’लाउन तथा चर्च हटाउन थालेको छ। निचियाँ प्रहरीले राष्ट्रपति सी चिनफिङको ठा’डो आदेशमा चर्चहरु भत्काइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। चीनमा पछिल्लो समय वार्षिक १० प्रतिशतका दरले क्रिस्चियनको संख्या बढी रहेको न्यूयोर्कस्थित एक संस्थाको अध्ययनले देखाएको छ।

केही समय अघि चीनको साङ्सी प्रान्तको ‘दि गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च’ सशस्त्र प्रहरीले भ’त्काइदिएको थियो। ‘दि न्यूयोर्क टाइम्स’का अनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले वि’स्फोटक पदार्थ प्रयोग गरेर चर्च भ’त्काइदिएको समाचारमा उल्लेख गरेको छ। समाचार अनुसार साङ्सीमा यो लगायत कम्तीमा दुईवटा चर्च भ’त्काइ सकिएको छ। चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा सी जिनपिङ राष्ट्रपति भएपछि चर्चहरू भ’त्काउने वा बन्द गराउने गरिएको समाचारमा उल्लेख छ।

चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ ले भने गै’रकानुनी भवनहरू भ’त्काउने क्रममा चर्च पनि भ’त्काइएको उल्लेख गरेको छ। गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ। चीनमा बाइबल जलाइने गरिन्छ। चीनको यस्तो कदमको अन्तर्राष्ट्रिय जगतमा बि’रोध भएको छ। चीनमा धार्मिक स्वतन्त्रता समेत छैन। त्यहाँ बाइबल ज’लाए, चर्च भ’त्काएको विषयको वि’रोध गर्नेलाई, कु’ट्ने, जे’ल हाल्ने गरिएको छ।