वि.सं.२०७६ साल पौष १० गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि औँशी,०९ घडी १२ पला,बिहान १० बजेर ३५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र मूल,२६ घडी ०० पला,बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त पूर्वाषाढा । योग वृद्धि,४० घडी २३ पला,बेलुकी ११ बजेर ०५ मिनेट उप्रान्त ध्रुव । करण नाग,बिहान १० बजेर ३५ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा धुम्र योग । चन्द्रराशि धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २५ घडी ५० पला । स्नान–दान गर्ने, हलो बार्ने औंसी। विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण, वेत्रावती आदि तीर्थक्षेत्रमा स्नान(दान तथा श्राद्ध। गया मौनी तथा पौषी औंसी। खण्डग्रास सूर्य ग्रहण बिहान ०८ बजेर ४२ मिनेटबाट ११ बजेर ३१ मिनेटसम्म ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शरिर स्वास्थ्य नभएपनि कामको जिम्मेवारी लिनुपर्ने बाध्यात्मक अवस्था आउनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ । आषा देखाउनेहरुबाट सजक रहनुहोला । नाँफा मुलक व्यावसायभन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा आत्मियताको कमि हुँनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
तपाईको कमजोर प्रस्तुतिको फाईमा अरुलेनै उठाउन सक्छन् । राजनितिज्ञ तथा व्यापारीको लागि समय मध्ययम रहेकोछ । व्यापारमा लगानि गर्नको लागि समय मध्ययम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । पढाई लेखाईमा मेहनेत गरे अनुसार नतिजा मध्ययम आउनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरि पाउँने योग रहेकोछ । तरपनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । सवारि साधनमा सामान्य दुर्घटना हुने योग रहेकोछ । आफन्त तथा साथिभाईहरुलाई तुरुन्त विश्वास गर्नाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिनेहरुले भनेजस्तो नतिजा हात पार्न प्रशस्त समय खर्चनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
तपाईको दिन शुभ रहोस् ।