मिती २०७६ साल पुष ४ गते शुक्रबार तदनुसार ईश्वी सम्बद २०१९ डिसेम्बर २० तारिखको राशीफल हेर्नुहोस ।
मेषः मेष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आर्थिक क्षेत्र राम्रो रहेको छ । आथित्यता मिल्नेछ । प्रेममा सफलता मिल्नेछ भने राजनितीको क्षेत्रमा पनी लाभ मिल्ने दिन रहेको छ ।
वृषः वृष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने दिन रहेको छ । अवसरहरु मिल्ने दिन रहेको छ । प्रतिस्पर्धामा केही अघी बढ्ने दिन रहेको छ । शत्रुहरु हावी हुनेछन । दुख मिल्ने दिन रहेको छ ।
मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । केही बैचारिक मतभेद आउनेछ । आर्थिक क्षेत्रमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा अघी बढ्दा भने सोच्नु राम्रो होला । प्रतिस्पर्धीहरुसंग कडा प्रतिस्पर्धा हुनेछ । हानी हुने दिन रहेको छ ।
कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । यात्रा हुने दिन रहेको छ । आर्थिक पाटो बलियो रहेको छ । शिक्षाको क्षेत्रमा लाभ मिल्ने दिन रहेको छ । लगनशिल बन्दा लाभ मिल्नेछ । नाफा मिल्ने दिन रहेको छ ।
सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ स लगानीको क्षेत्रमा केही अघी बढ्दा नराम्रो हुनसक्छ । सम्बन्ध राम्रो बन्ने दिन रहेको छ । आर्थिक क्षेत्रमा कमजोर दिन रहेको छ । अध्ययनको क्षेत्रमा प्रशस्त समय दिन पाइनेछैन ।
कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । शत्रुहरु परास्त हुनेछन । आज बल मिल्नेछ । अरुलाई प्रभावित बनाउन सक्नुहुनेछ । जोश र जाँगर बढेर आउनेछ । हिम्मतवाला काम गर्नुहुनेछ ।
तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । कार्य क्षेत्रमा फस्ने सम्भावना रहेको छ । सतर्कता अपनाउनुहोला । ध्यान दिएर अघी बढ्नु राम्रो हुनेछ । दिन लाभदायक रहेको छ । आश्वासन बाढ्ने बढ्नेछन ।
वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । खर्चबाट भने बच्नुहोला । उपलब्धी मिल्ने दिन रहेको छ । जोश जाँगर बढ्ने दिन रहेको छ । शिक्षाको क्षेत्रमा लाभ मिल्ने दिन रहेको छ । राम्रो नतिजा मिल्ने दिन रहेको छ । समय लाभदायी रहेको छ ।
धनुः धनु राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । घरपरिवारबाट सहयोग मिल्नेछ । नयाँ काम गर्ने दिन रहेको छ । आर्थिक क्षेत्र मध्यम रहेको छ । आज तपाईलाई समर्थन मिल्ने दिन रहेको छ । मान सम्मानमा बृद्धि हुने दिन रहेको छ ।
मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । सम्मान मिल्ने दिन रहेको छ । जिम्मेवारी बढ्ने दिन रहेको छ । लगतशिलतामा ध्यान दिनुहोला । सहयोग मिल्ने दिन रहेको छ । उपलब्धी मिल्नेछ ।
कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज विवाद हुनसक्छ । आर्थिक क्षेत्रमा संयम रहनुहोला । आफन्तसंग टाढिनुपर्ने सम्भावना रहेको छ । चुनौतीहरु आउनेछन ।
मिनः मिन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आर्थिक लाभ मिल्ने दिन रहेको छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । यात्रा लाभदायक रहनेछ । शिक्षाको क्षेत्रमा लाभ मिल्ने दिन रहेको छ ।