काठमाडौं, २४ मङ्सिर ।
१३ औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गतको अन्तिम भुटानविरुद्धको स्वर्ण पदकका लागि भएको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई २-१ ले पराजित गरेको हो । योसँगै आयोजक नेपाललाई सागमा एउटा अर्को पदक हात पारेको छ । यो पदकसहित नेपालले सागमा ५१ पदक हात परेको छ ।
नेपाल लागि पहिलो गोल अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । भुटानले ३६ औं मिनेटमा एक गोल फर्काएर बराबरी गरेको थियो ।
नेपालका खेलाडी सुनिल बलले दोस्रो हाफमा गोल गर्दै नेपालका लागि दोस्रो गोल दिलाएका थिए । यो गोल नै नेपालका लागि एउटा अर्को स्वर्ण दिलाउन आधार बन्यो । नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बा’हिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छि’राएका हुन्।
आज स्वर्ण पदकका लागि नेपाल र भुटान बीच दशरथ रंगशालामा खेल भैरहेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले दर्शकहरुको निकै राम्रो हुटिङको साथ पाइरहेको छ ।