कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो

रामेछाप खबर संवाददाता

मंसिर २२,भारत ।

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए
रिपोर्टका अनुसार आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो जसमा अधिकांश मजदुर थिए । धेरैजसोको मृत्यु निस्सासिएका कारण भएको हो ।एक व्यक्तिले आफ्नो भतिजो त्यही कारखानामा काम गर्ने बताउँदै उनीबारे केही जानकारी नभएको बताएका छन् । कारखानाभित्र १२ देखि १५ वटा मसिन राखिएको बताइएको छ । उक्त कारखानामा स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएको बताइएको छ ।

डाक्टरको समूहले घाइतेको उपचार गरिरहेको छः
दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।