मंसिर २१ गते शनिबार यी राशीफल भएका मानिसको भाग्य चम्किने छ, भने अन्यको यस्तो छ

रामेछाप खबर संवाददाता

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । अरुको करमा काम गर्नुपर्ला । पछाडिएको महसुस हुनेछ । खिन्न महसुस हुनेछ । केही तनावपुर्ण दिन रहनेछ । सतर्क रहनुहोला ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज आमदानीका श्रोतहरु बढ्नेछन । काममा लाभ मिल्नेछ । आर्थिक पाटो बलियो रहनेछ । सहयोग मिल्नेछ । परिवारको साथ मिल्नेछ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । कार्यसिद्धि हुनेछ । लगनका साथ काम गर्ने हो भने लाभ मिल्ने दिन रहेको छ । काम गरेर आर्थिक लाभ मिल्ने दिन रहेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज तपाईको प्रशंसा हुनेछ । जिम्मेवारीहरु बढ्नेछन । आर्थिक क्षेत्र राम्रो रहनेछ । अरुको कामका लागी पनी समय दिन सक्नुहुनेछ । सफलता मिल्ने दिन रहेको छ । आश देखाउनेबाट टाढा रहनुहोला ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछैन । गोपनियता बढ्नेछ । खानपानमा ध्यान दिनुहोला । आमदानी मध्यम रहनेछ । काम बिग्रने सम्भावना रहेको छ । स्वास्थ्य स्थीती केही तनावपुर्ण रहनेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन मध्यम तथा सफलतादायक रहनेछ । मन बिचलित हुनसक्छ । भोगबिलासमा समय बित्नेछ । आफन्तसंगको सम्बन्ध राम्रो रहनेछ । आर्थिक लाभ हुनेछ । धन खर्च पनी हुनेछ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । पराक्रम बढ्नेछ । चुनौतीहरुलाई जित्नुहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रुहरु पछि पर्नेछन । आर्थिक लाभ हुने दिन रहेको छ । महत्वकांक्षी काममा लाभ मिल्ने दिन रहेको छ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । लक्ष्य प्राप्तीको समय रहनेछ । हौसला मिल्ने दिन रहेको छ । नयाँ काम गर्नेहरुका लागी राम्रो दिन रहेको छ । काममा मन केन्द्रित रहनेछ । कामबाट लाभ मिल्ने दिन रहेको छ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । सोच बिचार नगरी काम नगर्नुहोस । बेसुरमा बचन दिँदा केही हानी पुग्नेछ । बुद्धिको प्रयोग गर्नु राम्रो रहनेछ । बोलीका कारणले अफ्ट्यारो पर्नेछ । साथ र सहयोग मिल्ने दिन रहेको छ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । अवसरहरु हात लाग्नेछन । पराक्रममा बृद्धि हुनेछ । जाँगर बढेर आउनेछ । साथीभाईको साथ मिल्ने दिन रहेको छ । पछि सम्म लाभ मिल्ने कामहरु गर्ने दिन रहेको छ । मेहेनतको फल मिल्ने दिन रहेको छ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । खर्च बढ्ने दिन रहेको छ । धन लगानी गर्दा धन प्राप्ती हुने दिन रहेको छ । मिष्टान्न भोजन गर्ने दिन रहेको छ । बादविवादबाट बच्नु राम्रो हुनेछ । सतर्क रहेर बस्दा लाभ मिल्ने दिन रहेको छ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन फलदायी रहनेछ । लगनशिलताले व्याक्तीत्वमा निखारता आउनेछ । समय फुसर्दिलो रहनेछ । लाभको मौका मिल्नेछ । आफन्तसंग भेट हुने दिन रहेको छ । जिवनशैलीमा परिवर्तन ल्याउने अवसर रहेको छ ।