भयानक दुर्घटना: एकै परिवारका पाँचै जनाको ,मृत्यु

रामेछाप खबर संवाददाता

पुस १, काठमाडौँ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घ टनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घ टनामा १५ मृत कमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृ त्यु भएको र १२ जना घाइते भएपछि गाउँ शो क र चिन्तामा डुबेको हो । दुर्घट नामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृ त्यु भएको र बाबु ग म्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृत कको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन्।

दुर्घ टनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृ त्यु भएको र बाबु र छोरी घाइते भएपछि श व बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

दुर्घ टनामा गाउँका मानिस धेरै परेपछि अनलाइनबाटै पालिकाको आकस्मिक बैठक बसी गाउँ विपद् कोषबाट प्रत्येक मृत कको किरिया खर्चबापत आफन्तलाई जनही रु ५० हजार प्रदान गरिएको छ । घाइतेको रेखदेखका लागि समिति गठन गर्नाका साथै शो क मनाउन पालिकाभित्र सोमबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसैबीच आज बिहानसम्म मृ तक मध्ये सात जनाको श व आफन्तले बुझेर लगेका छन् । मृ तकमध्ये सनाखत हुन नसकेको श व मेलम्ची नगरपालिका ढाँडखोला निवासी ३३ वर्षीया सुनिता तामाङको भएको खुलेको छ । दुर्घट नामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा।४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल ख सेर दुर्घ टना भएको थियो । ब्रेक फेल भएको गाडी जब र्जस्ती चलाउँदा अ प्रिय घ टना हुन गएको घाइतेहरुले बताएका छन् । चालक फ रार रहेको प्रहरीले बताएको छ । बस दुर्घट नामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।