काठमाडौं, १० मंसिर ।
रोजगारीका लागि कोरियामा रहेका एक नेपालीको ज्या’न गएको छ । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको ९ मंसीरमा ज्या’न गएको उनका काका धनकुमार राईले बताएका छन्।
परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँ’गटा लागेको र अस्पताल पुर्याएलगत्तै उनको मृ’त्यु भएको खबर आएको हो। अमिन ५ वर्षदेखि कोरियामा का’र्यरत् थिए। उनको श’व नेपाल ल्याउन कोरियास्थित नेपाली स’माजले प’हल गरिरहेको छ।