चलचित्र ‘अन्तराल’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन् नम्रता सापकोटा । यो अवधिमा उनले समर लभ, छक्का पञ्जा जस्ता चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी नम्रता मनोरञ्जन क्षेत्रमा नम्र तथा सुशील अभिनेत्रीको रुपमा स्थापित छिन् । सांस्कृतिक कार्यक्रमहरुमा आकर्षक नृत्य गर्दै आइरहेकी नम्रता साल्सा नृत्यमा समेत पारंगत छिन् । अनलाइनखबरका लागि नम्रतासंग गरिएको छोटो-मीठो कुराकानी :
तपाईंको सौन्दर्यको रहस्य के हो ?
मेरो साधारण जीवनशैली अर्थात मेरो सरलता । मलाई साधारण जीवन बाँच्न मनपर्छ ।
कसरी आफूलाई सुन्दर बनाउनु हुन्छ ?
म आफ्नो दिमागलाई एकदमै सकारात्मक राख्ने प्रयास गर्छु । राम्रो कुरामा फोकस गर्छु । सधैं सकारात्मक कुरा मात्र सोच्छु ।
आफूलाई फिट राख्न के के गर्नु हुन्छ ?
बिहान सबेरै उठ्छु । उठेपछि मनतातो पानी पिएर हल्का वर्कआउट गर्छु । उठ्दा-उठ्दै सात बजिसक्छ । राति ढिला सुतियो भने कहिलेकाहिं ८ पनि बज्छ ।
उठ्ने बित्तिकै के खानु हुन्छ ?
तातो पानी खान्छु । त्यसपछि कालो चिया खान्छु ।
दिनभरीको खानपान कस्तो हुन्छ ?
बिहान हृयाभी ब्रेकफास्ट गर्छु । ब्रेकफास्ट हृयाभी लिएपछि दिउँसो लञ्चमा हल्का-फुल्का खानेकुरा खाए पुग्छ । राती डिनरमा पनि हल्का खानेकुरा नै मन पराउँछु, खानामा फलफूल छुटाउँदिन ।
हेल्दी फूडको छनोट कसरी गर्नु हुन्छ ?
सकेसम्म घरमै पाकेको खाना खान्छु । अर्ग्यानिक तरकारीहरु खाने कोशिस गर्छु । तरकारीमा तेल तथा नून असाध्यै कम प्रयोग गर्छु ।
फिटनेसका लागि के के गर्नु हुन्छ ?
हल्का वर्कआउट गर्छु । विगतमा जीम समेत गएकी थिएँ, तर व्यस्तताले गर्दा नियमित रुपमा जिम जान सकेकी छैन । कहिलेकाहिं एरोबिक्स पनि गर्छु । म साल्सा नृत्य पनि गर्छु । साल्सा नृत्यले समेत फिटनेस बढाउन सहयोग पुर्याउँछ । ।
कुन-कुन खाना मन लागे पनि खानु हुन्न ?
अहिले मःम एकदमै कम खान थालेकी छु । मःम मेरो अल टाइम फेभरेट भए पनि अहिले खाँदै खान्न भने पनि हुन्छ ।
ब्यूटिपार्लर कत्तिको जानु हुन्छ ?
काम पर्यो भने मात्र व्यूटिपार्लर जान्छु । नियमित रुपमा व्यूटिपार्लर जाने गरेकी छैन । म प्रँयः घरमै फेस सफा गरिरहेकी हुन्छु ।
मेकअपमा के-के गर्न मनपर्छ ?
म खासै धेरै मेकअप गर्दिन । प्रँयः सनब्लक अनि क्रिम लगाउँछु । त्यसपछि मात्र हल्का अथवा लाइट मेकअप गर्छु ।कत्तिको फेसनेवल हुनुहुन्छ ?फेसनेवल भन्दा पनि म फेसनप्रति अपडेटेड छु ।तपाईंलाई असाध्यै मनपर्ने पहिरन कुन हो ?मलाई क्याजुुअल वेयर नै मनपर्छ यद्यपि, विशेष अवसरहरुमा भने मलाई मनपर्ने पहिरन सारी हो ।अन्त्यमा, स्वस्थ जीवन बिताउनु के-के गर्नु पर्छ जस्तो लाग्छ ?खानपिनमा असाध्यै ध्यान दिनु पर्छ । पानी धेरै भन्दा धेरै पिउनु पर्छ । चिल्लो, पीरो कुराहरु खानु हुँदैन । सधैं सकारात्मक कुराहरुमा ध्यान दिनु पर्छ ।