सचिन तेन्दुलकर काठमाडौँमा: १० बजे कीर्तिपुर मैदानमा खेल

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० कार्तिक ।

युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् ।

उनी काठमाण्डाै शुक्रबार राति आइपुगेका हुन् जहाँ उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए।

काठमाण्डाै‌ गोप्य रुपमा आएका सचिन एयरपोर्टबाट सिधै विशेष सुरक्षाका साथ द्वारिका हाेटेल गएका थिए ।

आज बिहान १० बजे तेन्दुलकरले कीर्तिपुरको मैदानमा नेपालका पूर्व खेलाडी बिनाेद दासकाे टिमसँग च्यारिटी खेल खेल्ने छन् ।