आइपिएलमा दिल्लीले दुई स्पिनर राजस्थानलाई बेच्दा सन्दीपलाई फाइदा !

रामेछाप खबर संवाददाता

एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले स्पिनर मंयक मार्कण्डे र राहुल टेवटीयालाई राजस्थान रोयल्सलाई बेचेको छ । दुई स्पिनरको सट्टामा दिल्लीले व्याट्सम्यान अजिन्क्या रहाणेलाई भित्राएको छ ।

दिल्लीले यसअघि ट्रेण्ड बोल्टलाई मुम्बइ इन्डियन्समा पठाएर मयंकलाई टिममा भित्राएको थियो ।

महत्वपूर्ण दुई स्पिनर दिल्लीले राजस्थानलाई बेचेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने पहिलो रोजाइ (प्लेइङ-११)मा पर्ने सम्भावना बढेको छ । तर दिल्लीले पंजाबबाट रविचन्द्रन अश्वीनलाई भित्र्याउने चर्चाले लामिछाने पहिलो रोजाइमा नपर्ने चिन्ता पनि उत्तिकै छ ।