हाँस्य कलाकार हरिवंश आचार्यको आज जन्मदिन, शुभकामना दिनेहरुकाे ओइरो

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ कार्तिक ।

चर्चित हास्य कलाकार हरिवंश आचार्यको आज जन्म दिन परेको छ । १९५८ नोभेम्बर १३ मा काभ्रेको शारदा बतासेमा जन्मेका हरिवंश आचार्य नेपालका एक चर्चित हास्य कलाकारको रुपमा परिचित रहनु भएकाे छ ।

यसै आधारलाई मानेर उनले आफ्नो जन्म दिन साथिभाई इस्टमित्रका साथ मनाउदै हुनुहुन्छ । उहाँ हास्य कलाकार मात्रै नभई गायन र अभिनयमा पनि उतिकै सक्रिय रहेदैँ आउनु भएकाे छ ।

हरिवंश आचार्यले आज सम्म दर्जनौ चलचित्रहरुमा अभिनय गरिसक्नु भएकाे छ । उहाँलाई आज जन्म दिनको शुभकामना दिन बिहान देखि ओइरो लागेको देख्न सकिन्छ ।

उहाँकाे जोडी मदनकृष्ण श्रेष्ठ र चर्चित हास्य कलाकार दीपकराज गिरीले पनि शुभकामना दिनु भएकाे छ । पहिलो श्रीमती मिरा आचार्य गुमाउनु भएकाे उहाँले केहि समय पच्चात दोस्रो विवाह गर्नु भएकाे थियाे ।