मेष : काममा उन्नति, प्रगतिको वातावरण बन्ला। नयाँ कार्यका योगहरु बन्नेछन्। यात्रा अचनाक बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि रहला। केही नयाँ कार्यका थालनीको योग बन्नेछ। स्वास्थ्यमा केहि समस्याहरु शनिले दिएतापनि खर्च स्थानको चन्द्रमालेले रोकिएका काम र पैसाहरुलाई फर्काउन सक्ने परिस्थिति र अवस्थाहरु रहेको छ। दाजुभाइ, दिदीबहिनी, इष्टमित्रहरुको भेटघात र समागमको योग रहेको छ। खेलाडीहरुका लागि साता निकै उत्कृष्ट बन्ला। छात्रछात्राहरुको लागि साता निकै राम्रो छ।
वृष : आयको मार्ग प्रसस्त बन्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि रहला। मनमा उत्साह र उमङ्ग बढ्नेछन्। घरपरिवारको सहयोग प्राप्त रहला। आर्थिक पक्षमा केही समस्या रहला। केही झुटो आरोप, प्रत्यारोप, लालचन वेहोर्नु पर्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।
मिथुन : मनमा उत्साह र उमङ्गहरु बढ्नेछ। चन्द्रमाको कारणले गर्दा रोकिएका कामहरु बन्लान। पारिवारिक सुख, शान्ति, समृद्धि बन्न सक्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो योग देखापरेको छ। आर्थिक पक्षमा केही बाधा र अप्ठ्यारा पक्ष रहला। मातापिता, घरपरिवारको सहयोग पूर्ण रुपमा प्राप्त हुनेछ।
कर्कट : मनमा उत्साह र उमङ्ग बढ्नेछ। जागिरेहरुका लागि साता राम्रो छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। यात्रा सुखद रहने छ। नयाँ सवारीसाधनको योग बन्ला। स्वास्थ्यमा केही अप्ठ्यारा पक्ष रहला। कृषि क्षेत्रमा लाभ छ। पारिवारिक सुख, शान्ति, समृद्धि रहला।
सिंह : विद्या, वुद्धि बढ्नेछ। जागिरेहरुका लागि स्थानान्तरणको योग छ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। हजुरले गर्न खोज्नुभएको नयाँ कार्यमा अप्ठ्यारा पक्षहरु रहेतापनि साताको बुधबार, विहिबार र शुक्रबार राम्रो छ। यात्रा सुखद रहला। नयाँ साथीको बन्ने देखिएको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। व्यापारमा मध्यम लाभ छ।
कन्या : मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि रहला। मनमा लागेका कुराहरुले गर्दा राजनीतिक र सामाजिक क्षेत्रमा पद प्रतिष्ठाहरुमा समस्या रहला। स्वास्थ्यमा केही समस्या र अड्चन देखापरेको छ। आयका मार्गहरु प्रशस्त बन्लान। व्यापार मध्यम छ। सवारीसाधनमा केही बिचार पुर्याउनुपर्ला। दाजुभाइ, दिदीबहिनी, कुलकुटुम्ब बिचको सम्बन्ध र सहकार्यमा केही अप्ठ्यारा र गार्हो परिस्थितिहरु रहला।
तुला : मान, सम्मान इज्जत, प्रतिष्ठाहरु मिल्ला। धार्मिक कार्यमा सरिक हुनुहोला। कृषि क्षेत्रमा लाभको साता छ। राजनीतिक क्षेत्र मध्यम छ। स्वास्थ्यमा थोरै बिचार पुर्याउनुपर्ला। व्यापार, व्यवसायमा लाभ छ। पारिवारिक सुख, शान्ति, समृद्धिको योग रहेको छ।
वृश्चिक : मनमा केही चिन्ता र अप्ठ्यारा पक्षहरु रहिरहने अवस्था छ। विद्या, वुद्धि बढ्ला। खेलाडीहरुका लागि साता मध्यम छ। सांगीतिक क्षेत्रमा लाग्नुभएकाहरुका लागि साता उत्कृष्ट छ। स्वास्थ्यमा थोरै पेट सम्बन्धि केही समस्या रहला। काममा केही बाधा पर्ला। कृषि क्षेत्र राम्रो छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। नयाँ गृहका जोगहरु पनि बन्ने अवस्था रहेको छ।
धनु : मनमा शान्ति साताभर नै छाउने छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। नयाँ सवारी साधनका योग बन्ला। पारिवारिक सुख शान्ति बन्लान। विद्या बुद्धि बढ्ला। जागिरेहरुका लागि राम्रो छ। व्यापारीहरुका लागि साता राम्रो छ। राजनीतिक क्षेत्र मध्यम देखिन्छ।
मकर : मनमा साताभर उत्साह र उमंगहरु बढ्नेछ। पारिवारिक सुख, शान्ति बन्लान। व्यापार व्यवसायमा केही अप्ठ्यारा परिस्थितिहरु रहन सक्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। यात्रा अचानक रुपमा बन्न सक्ने छ। सामाजिक मान, सम्मान, इज्जत, प्रतिष्ठा बन्लान। सन्तान सुख, शान्ति, समृद्धिको योग छ। केही रोकिएका काम छन् भने यो साता बन्ने देखिएको छ। कृषि क्षेत्रमा मध्यम लाभ छ। स्वास्थ्यमा हल्का बुधबार र शुक्रबार केही अप्ठ्यारा पक्ष रहेपनि साता समग्रमा राम्रो बन्ने अवस्था छ।
कुम्भ : विद्या, वुद्धि बढ्नेछ। जागिरेहरुका लागि केही तनाब र अप्ठ्यारा पक्षहरु रहलान। व्यापारीहरुका लागि साता सामान्य छ। आर्थिक पक्षमा केही रुकावटका योगहरु देखिन्छ। सोबार, विहिबार र शुक्रबार भने नयाँ कार्यको थालनी हुने अवस्था देखिन्छ। स्वास्थ्यमा केही सानातिना समस्याहरु होला। यो साता हजुरले (ओम देव्य नमस्) १०८ पटक जप्नाले मनमा उत्साह र उमङ्गहरु बढ्नेछ। नयाँ कार्यको थालनी होला। यात्रा सुखद हुनेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। साहित्य, संगीत, कलाका सर्जकहरुका लागि साता निकै राम्रो तरिकाले बित्ने अवस्था देखिन्छ।
मीन : साता सामान्य छ। खानपानमा थोरै बिचार पुर्याउनुपर्नेछ। स्वास्थ्यमा केही समस्याहरु रहन सक्नेछन्। आर्थिकमीन : साता सामान्य छ। खानपानमा थोरै बिचार पुर्याउनुपर्नेछ। स्वास्थ्यमा केही समस्याहरु रहन सक्नेछन्। आर्थिक पक्ष मध्यम रहला। जागिरेहरुका लागी साता मध्यम छ। व्यापारीहरुका लागि साता उत्कृष्ट छ भने राजनीतिक र सामाजिक क्षेत्र भने सामान्य फाईदा रहला। बुधबार, विहिबार, शुक्रबार नयाँ कार्यको थालनी हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। अचानक आर्थिक पक्ष लाभ होला।