नेपालीहरुको दोस्रो ठुलो चाड तिहार हो । यो पर्व कार्तिक शुक्ल त्रयोदशीको दिन काग तिहारवाट शुरु भएर कार्तिक द्वितियाको दिन अन्तिम दिन भाईटीका वाट सकिन्छ । यस चाडलाई फलफुल, उज्यालो पर्वको रुपमा पनि मानिन्छ। नेपालमै नेपालीहरु विच पर्वको नाम तिहार तर मनाउने तरिका फरक फरक छन् ।
ब्राम्हण क्षेत्रीहरुले शूरुको दिन काग तिहार यमदूतको रुपमा मानेर कागले शुभ समाचार लिएर आवस भनेर मिठो परिकार खुवाएर मनाउने गर्छन । त्यसैगरि कुकुरलाई भैरव तथा यमदूतकै रुपमा र मालिकको भक्त ,घरको रक्षा गरी दिेने विपद आउनु अघि पुर्व जानकारी दिने हुनाले कुकुर पुजा गर्ने गर्छन ।
तिहारको तेस्रो दिन औंशीको दिनमा लक्ष्मी पुजा हरियो गोवरले लिपेर घर चोखो पारी घरमा उज्यालो हुने गरि बत्ति बालेर लक्ष्मी भित्राएर दियो कलश पुजेर लक्ष्मीलाई फलफुल मिठाई र मसला राखेर परिवारका सबैले पुजा गरिन्छ । यो दिनमा गाईलाई गौमाता, लक्ष्मीको रुपमा मानेर पुज्ने चलन, परम्परादेखि केटाकेटी, ठुलै मान्छेहरु र सामाजिक संघसंस्थाहरुका सदस्यहरु देउँसी भैलो खेलेर रमाईलोका साथसाथै जिन्सी र नगद दानको रुपमा पाउने संकलन हुने गर्दछन् ।
चौथो दिनमा गोवर्धन पुजा गोरुले कृषिको लागि गरेको योगदान तथा उहिले यातायातको साधन रुपमा बयलगाडा अहिले प्रविधिको विकास संगसंगै कृषि र यातयातको साधनको रुपमा प्रयोग गर्न छोडिए पनि परम्परालाई निरन्तरता दिईरहेकाछौं , तिहारको अन्तिम दिन यमपञ्चकको पाँचौ दिन यमराजलाई यमुनाले भाईटीका गरेका थिए भनि धार्मिक कथा प्रचलनमा छ ।
भाईटीका दिदीबहिनीले दाजुभाईलाई रंगाएको सुपारी वा फुल दिएर निम्तो दिन्छन ।भाईटीकाको साईटमा दिदी बहिनीले दाजुभाईलाई पानी , तेल र दहीले घेरा हाली छेक्छन, कपालमा तेल लगाएर दुबो कपाल कोरिदिने, ढोकामा ओखर फोर्ने , गोदावरी, दुवो, मखमलीको माला लगाई सुस्वास्थ, समृद्धी र दिर्घायुको कामना गर्छन , मिठो खानाको परिकार, मिठाई , भाईमसला कपडा आदि दिन्छन र दिदी बहिनीलाई पनि पुजा गरेर माला लगई दिने कपडा र दक्षिणा अन्य सामान उपहार दिने गर्छन । दुबो, मखमलीको फुल कहिले नओईलिने र ओखरको बोक्रा पनि कहिले नसुक्ने भएकोले यस्तै दिर्घायू होस भनि कामना गर्ने गर्छन।
नेपालकै नेवार जातीले तिहार पाँच दिन मनाउने भए पनि बिशेष गरि ३ दिन भब्य रुपले मनाएको पाइन्छ त्यसैले नेपाल भाषा अर्थात नेवारी भाषमा तिहारलाई सोन्ती नखः भनिन्छ । तैपनि पहिलो दिन शुभसमाचारकै आशामा कागपुजा, दोस्रो दिन घरको रक्षा गर्ने, मालिकको सेवक, विपदको पुर्व जानकारी दिने भैरव अर्थात यमदुतको रुपमा मानेर कुकुरलाई मन पर्ने परिकार खुवाएर पुज्ने गर्छन ।
तेस्रो कार्तिक कृष्ण औसीको दिन लक्ष्मी पुजा घर आँगन सफा गरेर मूल धोकादेखि लिपेर मण्डप मनाएर लक्ष्मी भित्राईन्छ । यस दिन गाईलाई लक्ष्मी माता, गोमाताको रुपमा पुजा गरिन्छ त्यसैले यस दिनको बिहान गाईलाई पुजा गर्ने केरा रोटी खुवाउने र जनैपुणिमा दिनमा हातमा बाधेको जनै गाईको पुच्छरमा बाध्ने जस्ले गर्दा मरेपछि बैतर्नी तर्न सजिलो हुन्छ रे भन्ने भनाई छ ।
यमपञ्कको चौथो दिन प्रतिपदा नेपाल सम्वत नयाँ बर्ष परापुर्वकालमा ऋणले ग्रसित जनताहरुको ऋणवाट मोचन गरेको दिन र शंखधर शाख्वाको यादमा र वहाँले राम्रो कार्य शुरुवाट गरेको दिनलाई नेपाल सम्वतको रुपमा चलन चलाएको पाईन्छ । देशकै नामवाट चलाएको नयाँ बर्ष बिविध कार्यक्रमहरु मनाएर हर्सोल्लास साथ मनाईछ भने यहि दिन सपरिवार नुहाई धुवाई घर चोखो गरेर लिपपोत गरेर नेवारी भोजमा बनाईने परिकार बनाएर साँझ परिवारका सदस्यहरु प्रत्येकको मण्डप बनाएर घरको जेठी अर्थात महिलाले, काठको माना वा पाथीमा अछ्येता, लाभा, अबीर , फलफूलको टुक्रा, बिमिरो आदिको टुक्रा टुक्रा पारेर पाथीमा राखी शुभ होस, रोग नलागोस, अर्थात सुुस्वास्थ समृद्धी होस भनि टाउकोमा खनाएर पुजा गरी आत्म म्ह पुजा गर्ने गर्छन र सगुन दिइ यसरी म्ह पुजा गर्ने संस्कार नेवार समुदायको मात्र देखिन्छ ।
यहि दिनमा घरमा कुखुरा पालेको छ भने कुखुरा पुज्ने , घरको भान्छा घरमा प्रयोग हुने नाङ्लो, सिलौटो, भरेको गार्गी, नयाँ कुचो आदिलाई चोख्याएर संगै राखि पुजा गरेर भोली पल्ट मात्र प्रयोग गर्ने गर्छन भने यि सामानहरु पुजा गरुञ्जेल संगै राख्न मिल्ने अरु दिन यि सामान संगै राख्न हुदैन भन्ने मान्यता छ ।
यमपञ्चक पाँचौ दिन सोन्ती नखःको तेस्रो दिन कार्तिक शुक्ल द्वितियाको दिन दिदीहरुले भाईहरुलाई सुख सुस्वास्थ, समृद्धी र दिर्घायुको कामना गर्ने भाईहरुको नाममा मण्डप बनाएर पनि विशेष तरिकाले सजावट गरि सवभन्दा पहिला तेल र पानीले घेरा लगाई अछ्येता, धान, कालो मासको दाना, कालो भट्मास , लाभा आदिले घेरा लगाएर छेकेपछि फलफुल, मिठाई , सगुन दिने म्ह पुजाको दिनमा घरको मुली महिलाले माना वा पाथीमा राखिएको अछ्येता , लाभा, गोदावरी फुल , बिमिरोको टुक्रा राखेकोले तीन पटक पुजा गर्ने मण्डपमा भाईहरुकै उचाइ अनुसार धागोमा पाँच थरी कपडाको टुक्रा राखेको माला जलंका , मखमलीको फुल राखेर सजाईन्छ, मण्डपमा दाया बायाँ चन्द्।
सुर्य र पेडा आकारको चामलका रोटी पाँच वटा राखेर बत्ती बालिन्छ यो बत्ती बलेको अवधिभित्र टीका लगाउने , दही र लाभा मिसाएको परिकार दाँतले नछुने गरि खान दिने र सगुन दिने काम सक्नु पर्छ , भाईहरुको गच्छे अनुसार दिदीबहिनीहरुलाई उपहार दिने चलन छ । यसरी भाई टीकाको नामले पुज्ने भाईटीका भएर आफ्ना दाजु नै भए पनि भाईलाई मात्र पुज्ने चलन छ तर अहिले आएर दाजुभाई दुवैलाई पुजा गर्ने गर्छन् ।
भाईटीकाले दिदी वहिनीको सम्वधलाई बलियो बनाइ दिन्छ र मनमुताव भएपनि यहि दिन देखि मिलनमा परिणत हुन्छ । यदि दाजुभाई देश बाहिर रेहेको बेलामा पनि उनिहरुको नामम मण्डप बनाएर पुजा गर्नु पर्छ ,यदि कसैले दाजु भाई मानेर पुजा गरिसकेपछि निरन्तरता दिईन्छ , काम बिशेषले दिदीभाईको भेट ननभएपनि मण्डप पुजा गरेर भाईलाई पुजा गरेको मानिन्छ ।भाईटीकाको मण्डप होस या म्हःपुजाको मण्डप होस दियो कलश र सुकुण्दालाई गणेशको रुपमा मानेर सवभन्दा माथी पहिले पुजिन्छ , भागको सबैभन्दा माथी र तल अर्थात एक एक भाग भगवानको भाग भनेर पनि दाजुभाईलाई राखेजति भाग राख्नुपर्छ ।
यसपाली भने कुन दिनमा के कसरी मनाउने अलमलमा परेका छन् । पञ्चांक समितिले निर्णय गरेर कार्तिक ८ गते काग तिहार , १० गते कुकुर तिहार / लक्ष्मीपुजा, ११ गते म्हः पुजा ÷औंसी, १२ गते गोवर्धन पुजा÷नेपाल सम्वत , भाईटीका÷प्रतिपदा उल्लेख भएकोले कोहीले १२ गते भाईटीका कसैले १३ गते भाईटीका मनाउने हुदा तिहार एकमा पनि फरकपनामा बिभाजन गरिदिए जस्तो । मुली महिला र अरु बिच पनि मनमुताव ल्याई दिएको जस्तो , एउटै घरमा दिदी बहिनीहरुले एउटै भाईलाई पुज्ने हुदा पनि कुनैले १२ गते कुनैले १३ गते गर्ने कि अलमलमा पारीदिएको छ ।
यो सालमात्र हैन पहिला पहिला पनि यसरी एउटै तिथी २ दिन परेर पनि अलमलिमासक्यो । जस्ले जुन दिन जुन जेजसरी पर्व मनाए पनि नेपाल र नेपालीहरुमा एकता होस , सबैमा सकारात्मक सोचाइ, सुख शान्ती र समृद्धी होस यहि नै दिपावली,नेपाल सम्वत ११४०, छठ नेपालमा नेपालीहरुले मनाउने सम्पुर्ण चाडपर्वको शुभकामना ।
जनपत्रका लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला बिकास अधिकृत हुनुहुन्छ ।