आजकाल स्विम कस्टममा देखिनु र सामाजिक संजालमा उक्त कस्टममा खिचिएका तस्बिर राख्नु खास नौलो मानिदैन । नेपालमा समेत यी क्रियाकलाप विभिन्न फिल्म कर्मी यानी नायिकाहरुले गरिरहेको पाइन्छ । विशेष गरि इन्स्टाग्राममा त्यस्ता तस्बिर पोस्ट गरेका विभिन्न नायिकाहरु विवादमा तानिने समेत देखिएको छ ।
अभिनेत्री बेनिशा हमाल यतिबेला चलचित्रमा सक्रिय छैनन् । दसैंअघि उनको प्रेम चर्चाले अनलाइनमा राम्रो स्थान पाएका थिए । दसैंलगत्तै उनले रातो बिकिनीसहितको यी तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् ।
इन्स्टाग्राममा यी तस्बिरहरूले झन्डै तीन हजार लाइक पाएका छन् भने ६० भन्दा बढी प्रतिक्रिया पाएका छन् । अधिकांशले बेनिशाको सौन्दर्य तथा फिगरको प्रशंसा गरेका छन् ।