कात्तिक ३ गते आइतबार यी राशीफल भएकाको भाग्य चम्किने छ, अन्यको भने यस्तो छ

रामेछाप खबर संवाददाता

मिती २०७६ साल कात्तिक ३ गते आइतबार तदनुसार ईश्वी सम्बद २०१९ अक्टोबर २० तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिनि मध्यम रहनेछ । आज तपाईको मनोबल बढ्नेछ । साहस बढ्नेछ भने तपाईले आफना काम पुरा गर्न सक्नुहुनेछ । कारोबार बड्ने दिन रहेको छ भने नयाँ भेटघाट र सम्पर्क बन्नेछन ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छैन । लेनदेनका काममा सावधानी अपनाउनुहोस । आज धन लगानी गर्नु राम्रो रहनेछ । आज विशेष सावधानी अपनाउनुहोस । आज कसैलाई उधारो नदिनुहोस । आज दिएको धन फिर्ता हुनेछैन ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज आफैले प्रयास गर्ने हो भने सफलता मिल्ने दिन रहेको छ । प्रत्येक काममा सफलता मिल्नेछ । व्यापार तथा व्यवसायमा उन्नती मिल्ने अवसर बनेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन तनावपुर्ण रहनेछ । आज तपाईको खर्च बढ्नेछ । व्यर्थको यात्रा हुनसक्ने दिन रहेको छ । खर्च नगर्नु नै राम्रो हुनेछ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज तपाईको आमदानी बढ्नेछ । धन लाभ हुने दिन रहेको छ । आज लगानी गर्दा लाभ मिल्नेछ भने तपाईको पारिवारिक जिवन राम्रो र शुखमय रहनेछ । घरेलु काममा व्यस्तता बढ्नेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज ग्रहले साथ दिनेछन । आज कार्यक्षेत्रमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा लाभ मिल्नेछ । कामको क्षेत्रमा बाधाहरु आउनेछन ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । धर्मकर्मको काममा रुची बढ्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । बिरोधीहरु परास्त हुनेछन । आज यात्रा लाभदायक रहनेछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज थोरै परिश्रमबाट पनी लाभ लिन सक्नुहुनेछ । आज काममा बाधाहरु आउनेछन । सम्भावित यात्रा भने रोक्नु नै राम्रो हुनेछ । यात्रा नगर्नु राम्रो हुनेछ । कामको क्षेत्रमा भने लाभ हुनेछ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज कुनै काम सुरु गर्नुहुनेछ भने त्यसलाई पुरा गर्नुहोस । सफलता मिल्ने दिन रहेको छ । अविवाहितहरुका लागी विवाहको अवसर आउनेछ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । संघर्ष गर्नुभएको छ भने त्यसबाट तपाईलाई लाभ मिलनेछ । नयाँ अवसरहरु आउनेछन । त्यस्तै शत्रुहरु आज बलहिन हुनेछन ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । कारोबार सामान्य रहनेछ । मनोरञ्जनात्मक काममा खर्च हुनेछ भने तपाईलाई प्रतिभाका कारणले लाभ मिल्नेछ । तपाईको पहिचान बन्नेछ । नयाँ योजनाका कारणले लाभ मिल्ने दिन रहेको छ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज कुनै नयाँ काम नगर्नुहोस । जोखिमपुर्ण लगानीबाट बच्नुहोस । पुरै दिन वादविवादबाट बचेर रहनुहोस । रिसमा नियन्त्रण अपनाउनुहोस ।