अफगानिस्तानको मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

अफगानिस्तान,२ कात्तिक ।

अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्।

उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन। तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो। राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ छ।