हेर्नुस असोज २९ गते बुधबार यी राशीफल भएकाको भाग्य चम्किने छ, अन्यको भने यस्तो छ

रामेछाप खबर संवाददाता

काठमाण्डौ- मिती २०७६ साल असोज २९ गते बुधबार तदनुसार ईश्वी सम्बद २०१९ अक्टोबर १६ तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज स्वास्थ्यमा केही समस्या आउन सक्छ । खानपिनमा ध्यान राख्नुहोस । धन प्राप्तीका लागी केही राम्रो दिन रहेको छ । मेहेनतको राम्रो फल मिल्नेछ ।

वृषः वृष राशी हुनेहरुले आजको दिनका केही आर्थिक हानीको पनी सामना गनुपर्नेछ । टाढाको यात्रा नगर्नुहोस । केही तनावहरु आइरहनेछन । सतर्क रहनुहोस । नचिनेका व्याक्तीहरुबाट टाढा नै रहनु राम्रो हुनेछ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज तपाईले सोचेको कुरा पुरा हुनेछ । मनमा उत्साह आउनेछ । मानिसहरुको सहयोग मिल्नेछ । जसका कारणले सबै कामहरु बन्नेछन ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । सकरात्मक सुचना प्राप्त हुनेछ । जसका कारणले आज धन लाभ हुनेछ । कर्मक्षेत्रमा लाभ मिल्ने दिन रहेको छ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । आज भाग्यले तपाईलाई साथ दिनेछ । शेयर तथा लगानीको क्षेत्रमा तपाईलाई लाभ मिल्नेछ । प्रियजनसंग भेट हुनेछ । जसका कारणले मन प्रफुल्लित रहनेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज वाहन सावधानीपुर्वक चलाउनुहोस । आज नचिनेका व्याक्तीहरुबाट टाढा रहनुहोस कुनै प्रिज चिजबाट टाढा रहनुपर्नेछ । आज संघर्ष गर्दा केही लाभ मिल्नसक्ने समय रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । प्रिय व्याक्तीसंग भेट हुने दिन रहेको छ । करियरमा केही लाभ मिल्नेछ । विद्यार्थीहरुका लागी दिन लाभदायक रहेको छ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । कार्यक्षेत्रमा आज तपाईलाई उन्नती मिल्नेछ । व्यवसायीक रुपले आज तपाईलाई धन लाभ हुनेछ । कामको क्षेत्रमा प्रोत्साहन मिल्नेछ । बरिष्ठ अधिकारीहरुको साथ तपाईलाई मिल्नेछ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । तपाईको काममा मिश्रीत प्रभाव पर्नेछ जसका कारणले लाभ मिल्नेछ । आज समय तथा परिस्थीती अनुसार काम गर्दा लाभ मिल्नेछ । घर परिवार तथा परिवारजनका साथ राम्रो सम्बन्ध बन्नेछ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन चुनौतीहरु बढ्नेछन । आज सोच बिचार गरेर विवेक प्रयोग गरेर काम गर्नुहोस । अनावश्यक वार्ता नगर्नु नै राम्रो हुनेछ । सतर्क रहनुहोस ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । तपाईको पराक्रममा बृद्धि आउनेछ । कामकाजको क्षेत्रमा लाभ मिल्नेछ । मानिसहरुको सहयोग मिल्नेछ भने कसैको सहयोग गर्दा प्रोत्साहन मिल्नेछ । दिन उपलब्दीपुर्ण रहनेछ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । जिवनसाथीको सहयोगका कारणले दिन राम्रो रहनेछ । आज तपाईलाई यस्तो सुचना मिल्नेछ जसका कारणले आज तपाईको मन उत्साहित बन्नेछ ।