काठमाडौं, २७ असोज ।
मानिसको जीवनका रहस्यहरु बुझि नसक्नु छन् । भाग्यवादमा विश्वास नगर्नेहरु पनि यस्तै घटनाका कारण विश्वास गर्न बाध्य बन्छन् ।
रुवावासीसँगै उसलाई जलाउन लागि चितामा लगियो । चितामा उसको लास राखियो । विधि विधानसँगै चितामा आगो लगाउने बेला आयो । आफन्तहरु डाँको छोडेर रोइरहेका थिए ।
आगो लगाउने बेला आयो, मुस्किलले ५–७ मिनेट, अनि पुरै खरानी बन्थे उनी ।
तर भइदियो उल्टो ।
आगो लगाउने तयारी गर्दै गर्दा अचानक चितामा सुतेका व्यक्तिको टाउको हल्लिन थाल्यो । मृतक व्यक्तिले यसरी टाउको हल्लाउँदा सबै तर्सिए । अनि भागाभाग चल्यो ।
तर केही समयपछि मानिसहरु मुटु बलियो बनाएर चितानेर आयो । यसको नाडी छामे । छाती स्पर्श गरे ।
जलाउन ल्याइएको व्यक्तिको श्वास चलिरहेको थियो ।
तत्कालै उनीहरुले ती व्यक्तिलाई नजिककै अस्पताल लगेर गए ।
पत्याउनु हुन्न होला, अहिले ती व्यक्ति सकुशल छन् ।
वन इन्डियाका अनुसार, यो घटना हो भारतको उडिसास्थित गंजाम जिल्लाको । त्यहाँ एकजना सीमांचक मल्लिक नामका मानिसको मृत्यु भएपछि आफन्त र परिवारजनले उसलाई घाटमा लगेर गएका थिए । ओडिशा के गंजाम जिले का है, जहां सीमांचक मलिक नामक शख्स को उसके परिजनों ने मरा हुआ मान लिया और अंतिम संस्कार के लिए श्मशान घाट ले गए। दरअसल सीमांचक मलिक शनिवार को अपनी भेड़(
दिउँसोतिर गाईबाख्रा चराउन नजिकैको जंगलमा गएका सीमांचक साँझसम्म नफर्किएपछि उनको खोजी भयो । तर त्यो दिन उनी भेटिएनन् । अर्कोदिन बिहानै उनलाई एउटा रुखमुनि बेहोस अवस्थामा फेला पारियो ।
मानिसहरुले उनी मरेको सोचे । र श्मसान घाट लैजाने तयारी शुरु भयो ।
तर उनलाई मुखाग्नी दिन शुरु गर्ने बित्तिकै उनको टाउको हल्लिन थाल्यो ।
डाक्टरका अनुसार, सीमांचकलाई तीब्र ज्वरो आएको कारण उनी बेहोसीको अवस्थामा पुगेका थिए ।
उपचारपछि घर फर्केका सीमांचक अहिले सबै कुरा थाहा पाएपछि अचम्ममा परेका छन् । सीमांचककी पत्नीले भने डाक्टरलाई नदेखाई सोझै घाट लैजानु ठूलो गल्ती भएको बताईन ।