पाँचौ संस्करणको जे.टी. कप क्रिकेटले निरन्तरता पाउने

रामेछाप खबर संवाददाता

पदम ओझा असोज ,१७ बौनिया ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जगत तारा ईङ्गलिस बोर्डिङ्ग स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको जे.टी. कपको पाँचौ संस्करण कार्तिकमा हुने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।
कैलालीको हाईवे क्षेत्रमा विद्यालय स्तरीय ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको शुरुवात गरेको यस विद्यालयले निकै राम्रा र आश लाग्दा खेलाडीहरु उत्पादन गरीरहेको दाबि गरेको छ । नेपाली क्रिकेटको राष्ट्रिय टीममा प्राय सुदुरपश्चिम प्रदेशबाट धेरैको प्रतिनिधित्व भईरहेको अवस्थामा प्रदेशको प्रतिनिधित्व यथावत राख्न पनी आफुले बिभिन्न प्रतियोगिता मार्फत खेलाडी उत्पादनमा जोड दिएको विद्यालयका संस्थापक एमं प्रतियोगिताका संयोजक एकेन्द्र मल्लले बताए । बिगत देखी नै आफुले उत्पादन गरेका खेलाडीहरु छनौटमा परी नेपाल तथा भारतका बिभिन्न स्थानमा खेल खेलीरहेको विद्यालयका प्रिन्सिपल एमं प्रतियोगिताका सह–संयोजक मनोज पन्तले बताए ।
आयोजक बाल बाटिका बिद्या मन्दिरका प्रिन्सिपल तथा प्रतियोगिताका संयोजक प्रदिप मल्लले धनगढी जस्तै बौनियालाइ पनि क्रिकेटको सहरका रुपमा परीचित गराउन प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो ।
साथै मल्लले बिद्यालय स्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देस्यका साथ प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाले २०७३ सालमा सानो धनराशि बाट विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सुरुवात गरेर विस्तारै माथि उक्लिदै राष्ट्रब्यापि प्रतियोगिता गर्ने आफुहरुको लक्ष रहेको बताउनु भयो
राम्रा खेलाडीहरुको लागी निशुल्क शिक्षा तथा स्तरीय क्रिकेट प्रतियोगितामा सहभागी हुने अवसर पाईरहेको भन्दै विद्यालयले अन्य अवसरको बारेमा समेत सरोकारवालाहरु संग समन्वय भईरहेको उनको भनाई छ । कार्तिक २० गते देखी मंसिर ७ गते सम्म मुडा बजारको खेल मैदानमा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका गरी १८ टीमको सहभागीता रहने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार १ रुपैयाँ, द्धितीय हुनेले ३८ हजार १ रुपैयाँ, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र राईजिङ्ग प्लेयरले क्रमश ३ हजार १ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताईएको छ । प्रतियोगितामा १८ विद्यालयलाई ६ समुहमा ३÷३ विद्यालय गरी विभाजन गरीएको छ । खेल लिग कम नकाउटका आधारमा खेलाइने आयोजकले बताएको छ । शुक्रबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको लागत ७ लाख हुने प्रिन्सिपल एमं प्रतियोगिताका सह–संयोजक मनोज पन्तले बताए ।