काठमाडौं, ७ भदौ ।
नेपाल विद्युत प्राधिकरणमा चरम भ्रष्टचार भएको नेकपाका सांसद अमनलाल मोदीले आरोप लगाएका छन्. मंगलबार संघिय संसद अन्तर्गतको लेखासमितिको बैठकमा उनले्यस आरोप लगाएका हुन्. उनले कुलमान घिसिङलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गर्दै लोडसेडिङ हटाएकोमा कुलमान घिसिङसँग घमण्ड पलाएको उल्लेख गरे. लोडसेडिङ हटाउनुमा घिसिङ एक्लैको हात नभएको भन्दै यसमा मन्त्री सचिव लगायत प्राधिकरणमा कर्मचारीको पनि भूमिका रहेको बताएका छन्. ‘लोडसेडिङ त्त गर्दा उहाँको मात्रै हैन कि त्यत्ति बेलाको मन्त्री एक्लैको भन्दा पनि सबै टीमको थियो.
तर कुलमान घिसिङ मैले गरे भन्ने दम्भले अहिले अहिले लोडसेडिङ अन्त्य मैले गरेकोले व्यापक भ्रष्टचार गर्दा पनि छुट हुनुपर्छ भन्ने उहाँमा छ. ‘ उनले भने उनले लोडसेडिङ हटाएको जस लिंदै त्यसका आधारमा नै कतिपय आयोजना निर्माण गर्दा धम्कीपूर्ण भाषा बोल्ने गरेको पनि बताए. उनले केही दिन अघि त्रिशुलीमा त्यहाँको जनतालाई थुन्दिन्छु भनेको उदाहरण दिंदै भने, ‘प्रधानमन्त्रीलाई त थुन्ने अधिकार छैन, थुन्छु भन्ने उहाँ को यो देशको?’ उनले घमण्डले गर्दा ज्ञानेन्द्र पनि फालिएको भन्दै धेरै घमण्ड नपाल्न आग्रह समेत गरे. यता, कार्यकारी निर्देशक घिसिङले भ्रष्टचार प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताए. ट्रंक र डेडिकेटेड लाइनका विषयमा नेपाल विद्युत प्राधिकरणले गरेको विलिङका सम्बन्धमा छलफल गर्नको लागि लेखासमितिले ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई बोलाएको थियो.
कुलमानको चुनौती : भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।
‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, (छानबिन) सम्बन्धित निकायले गर्ला’ कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला । सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’
कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताए ।
कुलमानको दम्भ बढेको छ : सांसद मोदी
सार्वजनिक लेखा समितिमा प्राधिकरणले बितरण गरेको डेडिकेटेड फिडरको बक्यौता असुली सम्बन्धमा छलफल थियो । बैठकमा प्राधिकरणको तर्फबाट कुलमानले आफ्नो भनाइ राखिसकेपछि सभापति भरत शाहले सांसदहरुलाई बोल्ने समय दिए । त्यसपछि सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।
जे गल्ती गरे पनि लोडसेडिङ हटाएको जस लिएर उम्किन्छु भन्ने लोभमा कुलमानमा दम्भ बढेको आरोप उनको थियो । खासगरी स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले जिकिर गरे ।
कुलमान आइसकेपछि पनि डेडिकेटेड लाइन लिएका उद्योगमा किन बेलैमा बिल नपठाएको भन्दै उनले प्रश्न गरेका थिए । त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ कोहो ? भन्दै प्रश्न गरे ।
कुलमानले भने : आयोजनामा सांसदकै अवरोध छ
सांसदहरुले बोल्ने पालो सकिएपछि सभापति शाहले उर्जा सचिव दिनेश घिमिरेलाई बोल्ने पालो दिए । तर, कुलमान अगाडि नै बोल्न चाहे । सभापतिले पहिला सचिवलाई नै बोल्ने पालो दिए । सचिव बोलिसकेपछि कुलमानले बोल्ने पालो पाए । त्यसपछि कुलमानले डेडिकेटेड फिडरसम्बन्धी जवाफ दिएपछि आफूमाथि लागेको आरोपको खण्डन गर्न थाले ।
सांसदजस्तो पदमा बसेको व्यक्तिले यत्तिकै आरोप लगाउने कि प्रमाण सहित बोल्ने ? उनले मोदीलाई भने । हामी इमानदारी साथ काम गरिरहेका छौ, गल्ती गरेको भए प्रमाण ल्याउनुस्, जुनसुकै कारवाही भोग्न तयार छु । उनी आक्रोशित भए, कतिपय विकासका काममा अल्झिएका मुद्दा सल्टाउन माननीयहरुले सहयोग गर्नुस्, त्यो आयोजनामा माननीय कै अवरोध छ । यसरी विकास हुदैन ।’
उनले त्यति भनिसकेपछि सांसद मोदी आक्रोशित हुन थाले । सांसदका अगाडि यसरी बोल्ने, हेर्नुस त सभापति ज्यू, उनले सभापतिको ध्यानाकर्षण गराए । सभापतिले मोदिलाइ थामथुम पारे । त्यसपछि अलि शान्त बनेका कुलमानले प्राधिकरण इमानदारीसाथ काम गरिरहेको भन्दै छानबिन समितिको प्रतिवेदन आए पछि सबै प्रतिवेदन समितिमा बुझाउने बताए ।